राजनीति

जनगुनासो तत्काल सुनेर समाधान गर्न मन्त्री भट्टराईको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरुसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुुपर्ने बताउनुुभयो ।

जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उहाँले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुुभयो ।

सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राख्नुुभयो । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उहाँको भनाइ थियो ।

गृहजिल्ला पोखरा पुग्नुभएकी मन्त्री भट्टराईले आइतबार नै जिल्ला समन्वय समितिको सातौं स्थापना दिवसको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री भट्टराईले विकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले आवश्यक ऐन, कानुन, नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने पनि बताउनुभयो ।

कार्यक्रममा जिसस कास्की प्रमुख लिलाधार पौडेलले संवैधानिक ब्यबस्था अनुसार थप मजबुत कार्य सम्पादनमा कानुन अभाब महत्त्वपूर्ण अप्ठ्यारो भएको उल्लेख्य गर्दै यसबारेमा संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराउदा समेत सम्भव नभएको उल्लेख गर्नुभयो।

कार्यक्रममा संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरिधारी सुवेदीले संघ सरकार र प्रदेशले संविधान वमोजिम कानुन नबनाउँदा जिसस को काम प्रभाबकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, बिद्यालयहरूलाई नगद र कदरपत्रले सम्मान समेत गरिएको थियो ।

जिसस कास्कीका प्रमुख लिलाधार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.