जन सरोकार

भूटानले पठायो नेपालमा तीन लाख अष्ट्राजेनिकाको खोप

कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई २५ गतेदेखि अष्ट्राजेनिकाको खोप दिइने

भूटानले नेपाललाई ३ लाख मात्रा अष्ट्राजेनिकाको खोप पठाएको छ । ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । भूटानले आफ्ना नागरिकका लागि मगाएको खोप बढी भएपछि नेपाललाई सहयोग स्वरुप दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहका अनुसार भूटानबाट २१ बाकस खोप आइपुगेको छ ।

दक्षिण एसियामा कोरोना महामारीबाट लगभग बचेको भूटानमा आवश्यक सबै नागरिकलाई खोप दिइसकिएको छ भने त्यहाँ संक्रमण न्यून रहेको छ । त्यहाँ हालसम्म २ हजार ५ सय २४ जना मात्र सङ्क्रमित छन् भने दुई जनाको मात्र मृत्यु भएको छ ।

भूटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।

कोभिसिल्डको पहिलो मात्राा लगाएका करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भूटानले पठाएको ३ लाखसंगै जापानबाट १६ लाख डोज एस्ट्रेजेनकाको खोप आउने भएपछि कोभिसिल्ड लगाएका ज्येष्ठ नागरिकका लाग दोस्रो मात्राको खोप अभियान सुरु गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । ‘चाररचार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि आउने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.