पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७ सय २९ जनामा कोभिड–१९ पुष्टि भएको छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।
आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् ।
उपत्यकामा ७०१ सङ्क्रमित
काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
१,८८५ निको
विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ ।
यसैगरी ७३२ जना सघन उपचार कक्ष (आइसियु), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्