जन सरोकारप्रदेशबागमती

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री सिलवाल

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते हुनुभएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बाघको आक्रमण

आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते हुनुभएको श्रेष्ठको अवस्था बुझ्न आज अस्पताल पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । हाल चितवन मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।

श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्नुहुँदै मन्त्री सिलवालले स्वास्थ्य लाभको कामनासहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझ्नुभएको थियो । उहाँले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुहुँदै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो ।

श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.