जन सरोकार

मनकामना अस्पतालसँग घटना विवरण माग

चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो ।

मनकामना अस्पताल

कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आइतबारै पठाउन अस्पताललाई भनिएको छ ।

भरतपुर महानगरपालिका–२६ की ३५ वर्षीया नविना महतोको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए । घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएको परिवारले जनाएको छ ।

सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचनासमेत भएको छ । स्वास्थ्य कार्यालयमा गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचीमा मनकामना अस्पताल पर्दैन । सो अस्पतालमा करिब चार महिनाको गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.