राजनीति
नेताहरुबीच सहमति नभएपछि प्रतिनिधि सभा बैठक स्थगित
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सहमति नभएपछि प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
एक बजेका लागि तय भएको बैठक दिउँसो चार बजे सारिएको भए पनि बैठक बस्नसक्ने अवस्था नभएपछि सङ्घीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले बैठक स्थगित गरिएको बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्