खेलविविध

महिला भलिबल फ्रेन्चाइज लिग टोलीको नाम सार्वजनिक

नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम बिहीबार सार्वजनिक भएको छ ।

महिला भलिबल

इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौँ, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टिम राखिएको छ ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग गरेवापत कम्पनीले भलिबल सङ्घलाई वार्षिक रु २५ लाख दिनेछ । उक्त प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन ।

आयोजक इन्फिनिटी ड्रिम्सका प्रबन्ध निर्देशक आमिर अख्तरले केही दिनमै मिति सार्वजनिक पनि गरिने जानकारी दिनुभयो । त्यस्तै फ्रेन्चाइज टोलीले केही दिनमै आ–आफ्नो टोलीको नाम सार्वजनिक गरिने बताइएको छ । कार्यक्रममा मधेसले भने आफ्नो टोलीको नाम मधेस युनाइटेड राखेको जानकारी दिइयो ।

प्रतियोगिताको लागि प्रत्येक टोलीमा १२ जना खेलाडी हुनेछन् । त्यसमा नौ जना नेपाली र तीन जना विदेशी खेलाडी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.