जन सरोकार

उपत्यकामा पुनः कडाई : बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ ।

निजी तथाा सार्वजनिक साधनलाई राति ८ बजेपछि संचालनमा रोक लगाइए पनि यसअघि निर्धारण गरिएका अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.