राजनीति

प्रचण्डलाई ओलीको जवाफ- “एक दुई बाल्टी पानीले आगो निभाएको नबिर्सनु”

हाम्रो भूमि फिर्ता लिन्छौं भन्न खुट्टा कमाउनुपर्ने स्थिति कसले बनायो ?

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले विगतमा लगाएको आगो आफूहरुले नै एकदुई बाल्टी पानी हालेर मिलाएको स्मरण गर्दै आगो हुँ आगो भनेर धम्की नदिन चेतावनी दिनुभएको छ।

सरकारबाट बाहिरिएको एक महिनापछि आज विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको नाम नलिई “गठबन्धनका एकजना नेताले म आगो हुँ नखेल, नजिस्क्याउ भन्दै धम्की दिए पनि हेक्का रहोस् उनीहरु आगो नै हो र देशभर डँढेलो लगाएकै हुन् तर एक दुई बाल्टी पानीले निभाएको पनि हेक्का रहोस्” भन्नुभएको छ ।

त्यस्तै सम्बोधनका क्रममा उहाँले सरकारले सडकमा कागजको खोस्टो फाले नीति तथा कार्यक्रम ल्याएको र त्यसमा राष्ट्रिय सहमतिका कुरा गरे पनि प्रतिपक्षलाई भने निरन्तर प्रहार गरिएको भन्दै प्रतिपक्षलाई गर्नुसम्म गाली गरेर कस्तो राष्ट्रिय सहमति कायम गर्न खोजेको भन्ने प्रश्न गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री देउवातिर लक्षित गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समस्या भनर छाडिएकोमा आपत्ति जनाउँदै ती भूमि नेपाली नै हुन् र फिर्ता ल्याउँछु भनेर भन्न किन नसकेको भन्दै प्रश्न गर्नुभएको छ ।

ओलीले नेपाली भूमि छोड्ने अधिकार कसैलाई नभएको र अहिलेको सरकारले फिर्ता गर्न नसकेमा डेढ वर्षपछि फेरि आफ्नै नेतृत्वको सरकारले फिर्ता लिने दावी गर्दै भन्नुभयो, ‘ठीकै छ, तपाईले फिर्ता लिन सक्नुभएन भने हामी छौं’ ।

हाम्रो अभिन्न भूभाग, हाम्रो पवित्र भूभाग समस्या हुन्छ ? “यो हाम्रो भूमि फिर्ता लिन्छौं भन्नुपर्नेमा किन समस्या भन्नुभयो” भन्दै ओलीले यस्तो खुट्टा कमाउनुपर्ने स्थिति कसले बनायो भन्ने प्रश्न गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेका सांसदहरुलाई पनि कसिलो प्रहार गर्नुभयो । उहाँले भन्नुभयो- उनीहरुतर्फ संकेत गर्दै ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस्, किन बिलम्ब गर्नुभएको ?’

मन्त्री बन्न नपाएर उनीहरु हिरिक्क हिरिक्क गर्न थालेको भन्दै उनले भने, ‘प्लिज ! पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । मन्त्री दिनुस् प्लिज ! मेरो दलमा घाटा भए पनि सहुँला ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.