राजनीति
वाम-समाजवादी मोर्चामा सामेल हुने डा. भट्टराईको तयारी
पाँचदलीय सत्ता गठबन्धन मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेसंगै डा. बाबुराम भट्टराईले माओवादी समक्ष मोर्चाको प्रस्ताव गर्नुभएको छ ।
बिहिबार नेकपा माओवादी केन्द्रका नेताहरुसंगको भेटमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.भट्टराईले मोर्चा बनाउने प्रस्ताव राख्नुभएको हो ।
अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गर्नुभएको हो ।
माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेकाा बेला जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको हो ।
प्रतिक्रिया राख्नुहोस्