राजनीति

माओवादीको प्राथमिकतामा मुलुकको समृद्धि : उपमहासचिव पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताउनुभएको छ ।

उपमहासचिव पुन

पार्टी सम्बद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।”

उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताउनुभयो ।

उहाँले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उहाँको भनाइ छ ।

कार्यक्रममा सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टीपङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.