राजनीति

महाप्रबन्धक भट्टराईद्वारा स्पष्टिकरणको साटो राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाउनुभएको हो ।

तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उहाँले बताउनुभएको छ ।

उहाँको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.