प्रधानमन्त्री ओलीसंगको छलफल लगत्तै अध्यक्ष प्रचण्डद्वारा नेपाल, खनाल र श्रेष्ठसंग छलफल
लामो समयको अन्तरालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल आपसी आशंका मेटाएर सयको भने प्रधानमन्त्री आमेलीसंगको छलफल लगत्तै प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसंग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष्ग प्रचण्डबीचको बार्ता ९ दिनपछि भएको वार्ता अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र नेकपाको बिवाद समाधान हुने घोषणा गर्नुभएको भोलिपल्ट भएको हो ।
समाचाार सूत्रका अनुसारा बार्तामा दुवै अध्यक्षले आफूहरुबीचको सहमतिकै आधारमा एकता महाधिवेशनसम्म जाने गरी आवश्यक खाका तयार पार्ने काम भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले एक अर्काप्रति लागेको आशंकाको बिषयमा पनि खुलेर छलफल गर्दै सहमतिको ठोश मुद्दामा केन्द्रित रहनुभएको थियो ।
दुई अध्यक्षबीच महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेल रर जनार्दन शर्माले सहमतिका लागि गृहकार्य गर्नुभएको हो ।
छलफलमा सहमतिका चार बिकल्पमा छलफल भएको र भोलि शुक्रवार पुनः छलफल गरी सहमतिको प्याकेजसहित सचिवालय बैठक बसेर स्थायी समितिमा प्रस्तावका रुपमा लैजाने बिषयको टुंगो लाग्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीसंगको छलफल लगत्तै अध्यक्ष प्रचण्ड सहितका चार नेताले थापागाउँस्थित एक निजी कलेजमा केन्द्रीय सदस्यसँग छलफल भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको हो ।
थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले पार्टी विवाद समाधानका लागि सुझाव माग्नुभएको छ । सोही कलेजमा हिजो बुधवार प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्