कला/मनोरन्जनकलिउड

चलचित्र ‘ज्वाई साब’ फूलपातीमा प्रदर्शनमा आउने

यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिनुभयो ।

ज्वाई साब

निरौलाले भन्नुभयो, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ । विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ ।”

निर्देशक निरौलाकानुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ । यसमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहनुभएको चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.