बागलुङमा निषेधाज्ञामा कडाइ, सुनसान बन्यो बजार
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अत्यधिक प्रभावित रहेको बागलुङमा संक्रमण कम भएपछि खुकुलो गरिएको निषेधाज्ञामा पुनः कडाई गरिएको छ ।
जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै बागलुङ बजार सुनसान बनेको छ । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् ।
बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सिफारिस गरेको थियो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।
बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतवार, बुधवार र शुक्रवार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिने भएको छ । जिल्लामा ६०३ सक्रिय सङ्क्रमित रहेका छन् भने ६३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्