अर्थ

एकसय किलो सुन ६० किलोमा खुम्चियो

नेपालको सत्ता राजनीतिमा आँधीबेरी सर्जना गरिरहेको सय किलो सुन तस्करीको प्रकरणले नयाँ मोड लिएको छ । सो सुन मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परीक्षणबाट बाहिरिएका बेला राजश्व अनुसन्धान विभागले सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

सो सुन मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको टक्सार महाशाखाले जनाएको छ । गाल्नु अघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.