राजनीति

भारतको गणतन्त्र दिवसमा नेपालीले किन खुलेर बधाई दिन सक्दैनन्

सन् १९४७ अगस्त १५ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको अवसरमा त्यहाँ भव्यताका साथ गणतन्त्र दिवस मनाइन्छ । तर, यही दिवसमा नेपाली जनताले भने भारतलाई खुलेर बधाई दिन सक्दैनन् ।

यसको एउटै कारण छ तत्कालीन बेलायती शासक र नेपालबीच भएको सुगौली सन्धिबाट हडपेको नेपाली भूमि दुई मुलुकबीच भएको सन्धिको प्रावधान अनुसार पनि अहिलेसम्म फिर्ता नहुनु हो ।

भारतबाट बेलायत गएपछि सन् १९५० मा भएको नेपाल भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार यसअघि भएका सबै सन्धि तथा सम्झौताहरु खारेज हुने भनिए अनुसार नेपालले सुगौली सन्धिबाट गुमाएको भूमि फिर्ता पाउनुपर्ने हो ।

सुगौली सन्धि अघिसम्म नेपाली भूमाग रहेको नेपाली भूमि अहिले भारतका विभिन्न ६ प्रान्तहरुमा गाभिएका छन् र ती भूभागमा भारतीय स्वतन्त्रता दिवस मनाइएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको ।

मोर्चाले सिक्कीम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाञ्चल प्रदेशका मुख्मन्त्रीहरुलाई एक पत्र पठाउँदै नेपाली भूमिमा भारतको गणतन्त्र दिवस मनाइएको भन्दै बिरोध जनाएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपाल र भारतका प्रधानमन्त्रीहरुलाई बोधार्थ गर्दैभारतका छ प्रान्तका मुख्यमन्त्रीहरुलाई पठाएको पत्र यस्तो छ-

२०२३ अगस्त १५

माननीय मुख्य मन्त्री

सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश

१. छिमेकी देश भएको नाताले इन्डियाको गणतन्त्र दिवसमा खुलेर बधाई दिन नसक्नुको कारण इन्डिया नै हो भन्नुपर्दा हामी नेपालीले त्यति सङ्कोच मान्नुपर्दैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसै पृष्ठभूमिमा इन्डियाका उल्लिखित राज्यका माननीय मुख्य मन्त्रीहरूसमक्ष सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ ।

२. नेपाल अधिराज्य स्वतन्त्र मुलुकका रूपमा विद्यमान छँदाछँदै हाल सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशभित्र अवस्थित नेपाली भूमि १९४७ अगस्त १५ मा इन्डियामा पार्नु ठूलो अन्याय हो र नेपालीहरू यो अन्यायको अन्त्यको प्रतीक्षामा छन् ।

३. आफ्नो भूमिमा स्वतन्त्रता दिवस मनाउनु रोमाञ्चक

कुरा हो तर उपनिवेशमा राखिएको भूमिमा स्वतन्त्रता दिवस मनाउनु स्वतन्त्रता शब्दकै अपमान हो । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको होइन , सबै खाले उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याइरहेको छ । तपाईँहरू मुख्य मन्त्री रहेका ती-ती राज्यमा गाभिएको नेपाली भूमिमा इन्डियाको झन्डोत्तोलन गर्नु सरासर गलत र अवैध काम हो ।

इन्डियाको संविधानको धारा १.३ (ग) अनुसार इन्डियामा नगाभिएको नेपालको टिस्टादेखि सतलजसम्म र दक्षिणतर्फ गङ्गाको उत्तरी मैदानसम्मको भूमिमा गणतन्त्र दिवस मनाएर तपाईँहरूले नेपाली जनमानसमा जुन आतङ्क फैलाउनुभएको छ , त्यो सर्वथा निन्दनीय छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँ माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा-सतलज-गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाईँहरूको शासन-प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो ।

बोधार्थ:
-प्रधानमन्त्री, नेपाल, प्रधानमन्त्री, इन्डिया

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.