जापान

शक्तिशाली बन्दै कान्तो क्षेत्रतर्फ बढ्दै एम्पिल आँधी, सतर्क रहन आग्रह

जापानको मुख्य टापु होन्सुको प्रशान्त तटमा रहेको एम्पिल आँधी निकै शक्तिशाली बन्दै कान्तो क्षेत्रनजिक पुगेको छ ।

एम्पिल आँधी

शुक्रबार आँधी देशको पूर्वी क्षेत्र कान्तो र शनिबार उत्तरपूर्वी क्षेत्र तोहोकु नजिक पुग्नसक्ने अनुमान गरिएको छ । शक्तिशाली बन्दै गएको यो आँधी राजधानी टोकियोमा पनि पुग्नेछ ।

विज्ञहरुले आँधीका कारण हुने भारी वर्षाको बादलले कान्तो, इजु टापु र यामानाशी प्रान्तलाई पूरै ढाक्नसक्ने र प्रकोपहरूको जोखिमलाई धेरै बढाउने बताएका छन् ।

मौसम एजेन्सीले आँधी शक्तिशाली हुने र तीव्र हावा, उच्च छाल तथा पहिरोको जोखिम रहेकाले मानिसहरू सुरक्षित स्थानमा बस्नुपर्ने र उच्च सतर्कता अपनाउन आग्रह गर्फ्नोरेको छ ।

मौसम एजेन्सीका अधिकारीहरूले शुक्रबार दिउँसोसम्म एम्पिल प्रशान्त महासागरको हाचिजोजिमा टापुबाट करिब १२० किलोमिटर उत्तरपूर्वमा रहेको अनुमान गरेका छन् ।

२० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ सरिरहेको आँधी एम्पिल शक्तिशाली हुँदै उत्तर सर्ने मौसम अधिकारीको पूर्वानुमान छ ।

त्यस्तै आँधी र तेज हावाका कारण इजु टापुमा घरहरू भत्किन सक्ने छन् भने कान्तो र प्रशान्त महासागरमा शुक्रबारदेखि शनिबारसम्म तीव्र हावा चल्ने अनुमान गरिएको छ ।

शुक्रबारसम्म इजु टापु र कान्तो जलक्षेत्रमा १४४ किलोमिटर प्रतिघण्टा र कान्तो र तोहोकु जलक्षेत्रमा १०८ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

इजु टापु, कान्टो, तोहोकु र टोकाइको मध्य क्षेत्रमा आँधी आउनुअघि वर्षा तीव्र हुने अनुमान गरिएको छ । मौसम एजेन्सीले यी क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन गरेको छ ।

मुसलधारे वर्षाको बादलले शुक्रबार मध्य टोकियोका साथै राजधानीको तामा क्षेत्र र इजु टापुमा प्रकोपको जोखिम बढाउन सक्छ । यस्तो बादल इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा र यामानाशी प्रान्तहरूमा पनि देखा पर्न सक्छ।

शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा कान्तो र कोसियनको मध्य क्षेत्रमा ३०० मिलिमिटर, तोहोकुमा २०० मिलिमिटर र टोकाइमा १२० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ । तोहोकुमा आइतबार बिहानदेखि २४ घण्टाको अवधिमा कूल १०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।

यदि भारी वर्षाको बादल देखापर्यो भने स्थानीय वर्षा पूर्वानुमान भन्दा बढी हुन सक्छ । एजेन्सीले मानिसहरूले नवीनतम मौसम र यातायात जानकारी लिंदै सुरक्षित स्थानहरूमा बस्नुपर्ने जनाएको छ ।

आँधीका कारण क्षति कम थर्न पूर्वी क्षेत्र कान्तो र अन्य ठाउँका धेरै नगरपालिकाहरूलाई बासिन्दाहरूलाई घरहरु खाली गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। त्यस्तै चिबा प्रिफेक्चरको मोबारा शहर पनि खाली गर्न आदेश जारी गरेको छ ।

टोकियोका केही भाग र चिबा, कानागावा, इबाराकी, साइतामा र फुकुशिमा प्रान्तहरूमा तीन तहको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरूले वृद्ध र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

टेप्को पावर ग्रिडका अनुसार आँधीका कारण कान्तो क्षेत्रमा बिजुली अवरुद्ध भएको छ, जसले गर्दा शुक्रबार दिउँसो १ः३० बजेसम्म एक हजारभन्दा बढी घर र व्यवसायमा असर परेको छ ।

आँधीले १६ अगस्टको मध्यान्हपछि कान्तो कोशिन टोकियो आसपासको क्षेत्रमा असर गर्नेछ भने शिजुओका, यामानासी, साइतामा, कनानागावा, चिबा, टोकियो, आइची लगायत क्षेत्रमा १६ अगस्ट मध्यान्हदेखि १८ अगस्ट मध्यान्हसम्म असर गर्नेछ ।

गुन्मा तोजोकी, नागानो, इबारकी, निगाता, यामगाता, फुकुशिमा, मियाजाकी, इवाते लगायतका क्षेत्रमा पनि यस आँधीले असर गर्नसक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.