निहारिकाले आरोप लगाएकी शिवराज पक्राउ
कुमारी आमा भनेर चर्चामा रहेकी निहारिका राजपुतले आफूमाथि बलात्कार गरेर छोरा जन्मिएको भन्दै डिएनए परीक्षणको माग गरिरहेकी शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिनुभएको छ ।
शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो ।
निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै आएकी छन् । उनले माइतीघर मण्डल, बसन्तपुर लगायत क्षेत्रमा आफ्ना माग राखी धर्ना पनि दिएकी थिइन् । गत शुक्रबार उनले राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्।
यस मुद्दामा शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ। उनलाई सर्वोच्च अदालतले काजमा तानेको छ ।
प्रतिक्रिया राख्नुहोस्