राजनीति

रवी लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन वहिस्कार

प्रदेशहरु राज्यको भारमात्र भएकाले यसका सबै संरचना खारेज गर्नुपर्ने माग गर्दै संचारकर्मी रवी लामिछानेको नेतृत्वमा गठन भएको “राष्ट्रिय स्वतन्त्र पार्टी”ले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ ।

निर्वाचन आयोगले आउँदो ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ र साउन ३१ गते दल दर्ताको कार्यतालिका सम्पन्न भैसकेको छ ।

अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराउनुभएको हो ।

उहाँले सन्देशमा प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भए पनि आफूहरु व्यवस्था विरोधी भने नभएको दावी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन, हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.