कला/मनोरन्जनकलिउड

चलचित्र ‘बुलाकी’ पुनः प्रदर्शनमा

विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’को आज(शुक्रबार)देखि पुनः प्रदर्शन गरिएको छ । तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो ।

चलचित्र ‘बुलाकी’

पुनः प्रदर्शनमा केही दृश्य सम्पादनसहित गीत थपेर दर्शकसम्म ल्याइएको निर्माता विष्टले जानकारी दिनुभयो । “चलचित्र प्रदर्शनमा कठिनाइ भएको कारण पुनः प्रदर्शन गरेका हौँ । चलचित्रमा कर्णालीको सौन्दर्यसँगै एउटा समयलाई चित्रण गरिएको छ”, उहाँले भन्नुभयो ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘बिहे पास’,‘आचार्य’लगायत चलचित्र पुनः प्रदर्शन भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.