३९ हजार पाउण्ड अपचलनका विषयमा कोषाध्यक्ष खरेलमाथि छानविन शुरु
गैर आवासिय नेपाली संघ (एनआरएन) युकेको खाताबाट बाहिरिएको ३९ हजार पाउण्ड (लगभग नेरु ६० लाख) रुपैयाँका सम्बन्धमा कानुनी रुपबाट छानविन शुरु भएको छ ।

एनआरएन राष्ट्रिय समन्वय परिषद युकेका कोषाध्यक्ष विष्णु खरेलले छलकपड गरी, अध्यक्षको जानकारीबिना पैसा निकालेर अन्यत्र पठाएको विषयमा युकेको च्यारिटी कानुन अन्तर्गत पहिलो चरणको सोधपुछ शुरु भएको छ ।
गैर आवासीय नेपाली संघ युकेका प्रवक्ता भरतमणि चोङ्बाङले एक विज्ञप्ति जारी गरी खरेललाई हप्तादिन भित्र कारण दिन र २८ दिन भित्र सो रकम फिर्ता गर्न हिजो १६ अगष्ट २०२२ का दिन औपचारिक पत्र हूलाक मार्फत र इमेल मार्फत पठाईएको छानविन कमिटीले बताएको छ ।
पैसा अन्यत्र लैजानमा अरु कसैको प्रभाव रहेको छ वा छैन, यदि देश बाहिर पैसा पठाइएको भए परराष्ट्र कानुनको विधि अनुसार दुवै देशका सम्बन्धित निकायहरुलाई पनि आग्रह गरिने तयारी रहेको पनि जनाइएको छ ।
गत ६ अगष्टको दिन सम्पन्न ११ औं साधारणसभा तथा संघसंस्था सभाले डा। भिम पुनको नेतृत्वमा तिन सदसिय छानविन समिति र पूर्व अध्यक्ष रिटायर्ड मेजर डम्बर घले नेतृत्वमा मध्यस्थता समिति पनि निर्माण गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्