एन आर एन न्युज

१० अर्ब रुपैयाँको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कार्यान्वयनमा ल्याउने तयारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अग्रसरतामा सरकारको समन्वय र सहकार्यमा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी संचालन गर्न लागिएको एनआरएन नेपाल डेभलभमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी रहेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो ।

सो अवसरमा २०८१ भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फन्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

रु १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको पाँच प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.