जन सरोकार

भीमफेदी कारागारले बायोग्यास उत्पादन गर्ने

मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले ढलबाट खोलामा मिल्काउने गरेको फोहरबाट बायोग्यास उत्पादन सुरु गर्ने भएको छ । कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।

यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०र८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताउनुभयो ।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो । कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ । भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.