जन सरोकारस्वास्थ्य

आजबाट कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यस वर्षको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरियो । यसबीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीका लागि खोप उपलब्ध भएपछि अब कक्षा ११ र १२ का विद्यार्थीर्ला पनि खोप दिइने भएको छ ।

आज (शुक्रबार)देखि आइतबारसम्म काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताउनुभयो ।

त्यसै गरी शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने र खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने खड्काले बताउनुभयो ।

विद्यार्थी तथा ४० वर्षमाथिका नागरिकले सशस्त्र प्रहरी अस्पताल, बलम्बु,  वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथलीमा गएर खोप लगाउन सक्नेछन् ।

त्यसै गरी शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र र अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको केन्द्रमा गएर खोप लगाउन पाइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.