जल/वातावरण

काठमाडौंका कोरोना संक्रमित क्षेत्रलाई डिस–इन्फेक्टेन्ट गर्दै महानगर

काठमाडौंका कोरोना संक्रमित क्षेत्रमा महानगरपालिकाले निःसंक्रामक (डिस–इन्फेक्टेन्ट) गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । मुख्य गरेर कालिमाटी, बल्खुलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निःसंक्रमणलाई निरन्तरता दिइएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरूमा डिस–इन्फेक्टेन्ट भइरहेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालिमाटी फलफूल बजारलगायतका स्थानमा सुरूदेखि नै डिस–इन्फेक्टेन्ट गरिरहेको थियो थियो । त्यस्तै संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निःसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको छ । महानगरले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक पाँच वटा टोलीले सो सम्बन्धी चनचेतनामूलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।

मेयर शाक्यका अनुसार अहिले प्रत्येक वडासँग समन्वय गर्न पाँच वटा अनुगमन टोली समेत परिचालन गरिएको छ । उहाँका अनुसार गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डिस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.