खेलफूटबल

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई, इङ्ल्याण्ड १-० ले पराजित 

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो ।

फिफा महिला विश्वकप

अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ओल्गा कार्मुनाको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो । खेलको २९ औं मिनेटमा ओल्गा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले खेलको ७० औं मिनेटमा अग्रता दोब्बर बनाउने अवसर खेर फालेको थियो । खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेकी थिइन् । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो ।

त्यस्तै इङ्ल्याण्डले पनि केही गोल गर्ने सुन्दर अवसर खेर फालेको थियो । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.