अर्थ

‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभएको छ ।

अध्यक्ष ढकालको आह्वान

बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा अध्यक्ष ढकालले रु १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिनुभएको छ । यो कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानीमार्फत् ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गर्नुभयो ।

स्टार्टअप कार्यक्रमका लागि सरकारले करिब एक दशकअघि बजेट विनियोजन गर्न थालेको भन्दै पछिल्लो समय मात्रै कार्यान्वयनको पहल थालिएको उहाँको भनाइ छ ।

चार महिनाअघि लगानी सम्मेलनमा क्रममा अध्यादेशमार्फत् परिमार्जन गरिएका आठवटा ऐनमध्ये औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको ढकालले उल्लेख गर्नुभयो ।

स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन, युवालाई सहयोग गर्न ‘इन्क्युबेशन’ र ‘इनोभेसन सेन्टर’ स्थापना गर्नुपर्ने बताउँदै उहाँले प्रारम्भिक चरणमा महासङ्घले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा इन्क्युबेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.