जापान

एनआरएनए जापानले सप्तऋषि पूजा, कथावाचनसहित विशेष तीज कार्यक्रम गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष विशेष कार्यक्रम गर्ने भएको छ ।

एनआरएनए जापानले एक सार्वजनिक सूचना जारी गरी नेपाली संस्कार र संस्कृतिको सम्बर्द्धनका लागि हरितालिका तीजको अवसरमा पूजा, कथावचन, सांस्कृतिक कार्यक्रमहरु गरी विशेष रुपमा मनाउने भएको हो ।

जापानबासी सम्पूर्ण नेपाली महिलाहरुलाई सार्वजनिक आमन्त्रण गरेको एनआरएनएले सबै नेपाली महिलालाई एउटै ठाउँमा उपस्थित गराई ऋषिपञ्चमी पूजा लगाई पुरोहितद्वारा व्रताकथा सुनाउने कार्यक्रम तय गरेको जनाएको छ ।

यसै गरी पुरस्कार सहितको सांस्कृतिक र सांगीतिक कार्यक्रम पनि आयोजना हुने जानकारी दिइएको छ ।

कार्यक्रममा उत्कृष्ट साँस्कृतिक पोषाक, उत्कृष्ट नृत्य र उत्कृष्ट गीत प्रस्तुत गर्ने दिदीबहिनीहरूलाई विशेष पुरस्कारले सम्मानित गर्ने घोषणा गरिएको छ ।

एनआरएनए जापानले यस कार्यक्रममा आफू र आफ्ना जापानी साथीहरूलाई समेत सहभागी गराई साथ र सहयोग गरी नेपाली संस्कृतिको प्रबद्र्धन गर्न सम्पूर्ण जापानवासी नेपाली, सक्रिय संघ, संस्था र दिदिबहिनीहरूलाई अनुरोध गरेको छ ।

चौतारो रेस्टुरेन्ट, कामाता टोकियोमा सेप्टेम्बर १९ विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने कार्यक्रममा १ बजेसम्म ऋषिपञ्चमी पूजा र २ बजेदेखि ४ बजेसम्म सांस्कृतिक कार्यक्रम हुनेछ ।

एनआरएनए जापानले तीज विशेष कार्यक्रम सम्पन्न गर्नका लागि डा. एलिजा के.सी. भण्डारी (उपाध्यक्ष), चन्द्रा कुमारी के.सी. (सचिव), अन्जु भण्डारी (सह-कोषाध्यक्ष), सपना पाण्डे (महिला संयोजक) र ललिता तामाङ (सदस्य) रहेको आयोजक समिति बनाएको छ

आवश्यक अन्य जानकारीका लागि ०७०-१०६७-८२१६ र ०८०-४५३६-५५३५ मा फोन गरी सम्पर्क गर्न सकिने एनआरएनए जापानले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.