फुकुओकामा २० वर्षीय युवतीले गरिन् आत्महत्या
केही दिनयता जापानबासी नेपाली समुदायमा दुःखद घटना लगातार घटिरहेका छन् । पछिल्लो समय एक वर्षअघि मात्र विद्यार्थी भिसामा जापान आएकी दोलखाकी एक युवतीले आत्महत्या गरेकी छिन् । फुकुओकामा बसोबास गर्दैआएकी उनले भदौ ४ गते साँझ आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
सहकर्मी नेपाल न्यूज पोष्टले सार्वजनिक गरेको समाचार अनसार ती युवतीले परिवारका सदस्यसंग भिडियो कलमा कुरा गर्दागर्दै आत्महत्या गरेकी हुन् ।
दोलखा स्थायी घर भइ अघिल्लो वर्षमात्रै जापान आइपुगेकी रबिना बुढाथोकीले परिवारका सदस्यसंग कुरा हुँदाहुँदै आफ्नै कोठामा झुण्डिएकी हुन् ।
भिडियोमै त्यस्तो देखेपछि परिवारले उद्धारका लागि आग्रह गरेका थिए । घट्नाको जानकारी हुनासाथ फुकुओकामा रहेका नेपालीहरु मार्फत तुरुन्त उद्धारको प्रयास गरेका थिए ।
तर, कोठाको ढोका भित्रबाट चुकुल लगाइएका कारण समयमै उद्धार गर्न नसकिएको र प्रहरीको प्रतिक्षा गर्दा ढिला उनलाई बचाउने सम्भावनाा कम भएको थियो ।
उद्धारका लागि पुुगेका नेपालीहरुले ढोका फुटाउने अवस्था नरहेका कारण प्रहरी घटनास्थल पुगेर उद्धार गरी अस्पताल लगिए पनि उपचारका क्रममा उनको निधन भएको थियो ।
नेपालजापन डट कम परिवार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शाकसन्तप्त परिवारजनामा हार्दिक समवेदना व्यक्त गर्दछ । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायहरुलाई आवश्यक कदम चाल्न अनुरोध गर्दछौं ।
प्रतिक्रिया राख्नुहोस्