खेलफूटबल

नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा

घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपमा समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

साफ च्याम्पियनसिप

नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे । उक्त दुई गोल पहिलो हाफमा सम्भव भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको १७औँ मिनेटमा समिरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको १९ औं मिनेटमा निराजनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाएका थिए । तर, पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बंगलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल नेपालले २-१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । हारका बाबजुत पनि बंगलादेश समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेश र नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका थिए । यी दुवै टोलीले श्रीलंकालाई हराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.