विश्व समाचार

युक्रेनले कुर्स्क आणविक संयन्त्रमा आक्रमण गर्न खोजेको छ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि रुसी सीमा क्षेत्रमा लडाइँबाट करिब ५० किलोमिटर टाढा कुर्स्क आणविक संयन्त्रमा आक्रमण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

भ्लादिमिर पुटिन

उहाँले आफ्नो दाबीका लागि कुनै प्रमाण दिनुभएन वा कथित आक्रमणबारे थप विवरण दिनुभएन ।

टेलिभिजनमा प्रसारित सरकारी बैठकमा उहाँले भन्नुभयो, “दुश्मनले राति आणविक ऊर्जा संयन्त्रमा आक्रमण गर्ने प्रयास गरेको थियो, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) लाई सूचित गरिएको छ ।”

युक्रेनले अगस्ट ६ मा कुर्स्क क्षेत्रमा ठूलो सीमापार आक्रमण सुरु गरेपछि ध्यान केन्द्रीत भएको रुसी मिडियामा संयन्त्रमा आक्रमणको प्रयासबारे कुनै पनि पछिल्ला रिपोर्ट थिएनन् ।

आइएइए प्रमुख राफेल ग्रोसीले अर्को साता कुर्स्क आणविक संयन्त्रको भ्रमण गर्ने योजना बनाउनुभएको एजेन्सीका प्रवक्ताले बिहीबार बताएका छन् ।

किएभ र मस्कोले साढे दुई वर्षको द्वन्द्वका क्रममा आणविक सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् ।

रुसी सैनिकहरूले आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको प्रारम्भिक दिनहरूमा उत्तरी युक्रेनमा परित्यक्त चेर्नोबिनल विद्युत् संयन्त्र र युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्र कब्जामा लिएको थियो ।

रुसले अहिले पनि जापोरिजिया साइटलाई नियन्त्रण गर्दछ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ‘आणविक ब्ल्याकमेल’ को आरोप लगाउनुभएको छ ।

बदलामा युक्रेनी सेनाले धेरै पटक ड्रोन आक्रमणमार्फत आणविक ऊर्जा संयन्त्रमाथि आक्रमण गर्न खोजेको मस्कोले दाबी गरेको छ ।

युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो सशस्त्र घुसपैठ गरेपछि आइएइएले रुस र युक्रेन दुवैसँग ‘गम्भीर रेडियोलोजिकल परिणामको सम्भावना भएका आणविक दुर्घटनाबाट बच्न’ ‘अधिकतम संयमता’ अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.