राजनीति

भूतपूर्व गोर्खाका मुद्दा सम्बोधनका लागि त्रिपक्षीय सन्धि पुनरावलोकनमा ओलीको जोड

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भूतपूर्व गोर्खा सैनिकका मुद्दा सम्बोधनका लागि त्रिपक्षीय सन्धि पुनरावलोकनमा जोड दिनुभएको छ ।

अध्यक्ष ओलीले गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)का अध्यक्ष प्रेम गाहामगरले गर्नुभएको भेटवार्ताका क्रममा सो कुरा बताउनुभएको हो ।

गत सोमबार एमाले कार्यालय च्यासल ललितपुरमा भएको झण्डै एक घण्टा लामो भेटमा अध्यक्ष गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खा मुद्दा, बेलायतका नेपालीको अवस्था र समसामयिक राजनीतिक घट्नाक्रमबारे गर्नुभएकोा कुराकानीमा अध्यक्ष ओलीले उपरोक्त धारणा राख्नुभएको हो ।

भेटपछि गाहामगरले अध्यक्ष ओलीले आफूले उठाएका वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा मुद्दा समाधानका लागि पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिएको बताउनुयो ।

अध्यक्ष ओलीको भनाइ उधृत गर्दै गाहामगरले भन्नुभयो, तपाईंको माग जायज छ, सिन्दुरसंग नागरिकता साट्ने जुन नागरिकता विधेयक सरकारले पारित गर्यो, त्यसमा एमालेको पहिले पनि विरोध थियो, अहिले पनि छ ।

त्यस्तै उहाँले भूतपूर्व गोर्खा मुद्दाको प्रसंगमा ओलीले त्रिपक्षीय सन्धि पुनरावलोकन गर्नुपर्नेमा जोड दिदै आफूले सन् २०१९ मा बेलायत भ्रमण गर्दा पनि यही कुरामा उठाएको र गोर्खा समस्या राष्ट्रिय मुद्दा भएकाले यसलाई सबै दल र सरकारले गम्भीर रुपमा लिइ समाधान गर्नुपर्ने बताउनुभयो ।

भेटमा अध्यक्ष गाहामगरले अध्यक्ष ओलीलाई वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न मागसहितको ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्रमा गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन भनिएको छ ।

त्यसै गरी गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरी सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरी कानून संशोधन गर्न जोडदार माग गरेको छ ।

हाल नेपालमा रहनुभएका अध्यक्ष गाहामगरले शीर्ष नेता र मन्त्रीहरुसंग दुई प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता र गोर्खा मुद्दा सशक्त रुपमा उठाइरहनुभएको छ ।

गाहामगरले यसअघि परराष्ट्रमन्त्री एनपी साउद, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत शीर्षस्थ नेतालाई भटेर ज्ञापनपत्र बुझाइसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.