राजनीति

ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना, दुईसय जनामाथि मुद्दा चल्ने

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितताको प्रतिवेदन अनुसार १९ वर्षमा १ सय ४३ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ ।

जग्गा अनियमितता प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बुझाएको प्रतिवेदनमा २ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय पनि दिएको छ ।

मंगलबार सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन अनुसार २०४९ देखि २०७० सो जग्गा व्यक्तिको नाममा दर्ता भएको खुलाएको हो ।

जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिंदै मिसिल अध्ययन भएपछि अभियोजन कार्य अघि बढ्ने समेत जानकारी दिनुभयो ।

सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरूसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.