राजनीति

पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा कार्यतालिकाअनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारबाही गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिकाअनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराउनुभयो ।

“पूर्व-पश्चिम राजमार्ग विस्तारमा अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व-पश्चिम राजमार्गको बिशेष गरी नारायणघाट-बुटवल खण्डको स्तरोन्नतिबारे व्यवसायीसँग कुरा गरी म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.