विश्व समाचार

बङ्गलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ ।

हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उहाँलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ ।

“पूर्वप्रधानमन्त्री, उहाँका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए”, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति÷पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।”

हसिनाको सरकारमाथि ठूलो मात्रामा दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या थियो ।

हसिना र उहाँको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् ।

“उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ”, मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.