राजनीति

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

माधवकुमार नेपाल

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा बिहीबारदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाउनुभएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उहाँले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री रहनुभएका अध्यक्ष नेपालले माक्र्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताउनुभयो । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेनिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उहाँको भनाइ थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लेलिनको क्रान्तिकारी आदर्शको प्रभाव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट नेतृत्वमा पटकपटक सरकार निर्माण भएकाले जनताको आर्थिक र सामाजिक रुपान्तरणका प्रयास भइरहेको विचार व्यक्त गर्नुभयो ।

यही भदौ १३ गतेसम्म लेलिनका जीवन तथा सङ्घर्षका विभिन्न आयामबारे छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.