सभापतिको उम्मेदवारी घोषणा गर्दै सशांकको दावी- देउवालाई हराउन आफूले मात्रै सक्ने
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू १४ औं महाधिवेशनमा सभापति उठ्ने बताउँदै देउवालाई सभापतिमा पराजित गर्न आफूले बाहेक अरु कसैले नसक्ने दावी गर्नुभएको छ ।
महामन्त्री कोइरालाले देउवालाई पराजित गर्न आफू सभापति पदमा उठ्न लागेको बताउँदै सभापति उठ्ने धेरैको इच्छा भए पनि शेरबहादुर देउवालाई आफूले मात्रै हराउन सक्ने दाबी गर्नुभएको हो ।
कोइराला यसअघि २०७२ सालमा भएको १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेपनि पौडेल पराजित हुनुभएको थियो भने पौडेल समूहबाट कोइराला महामन्त्रीमा विजयी हुनुभएको थियो ।
कोइरालाले आउँदो महाधिवेशनमा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई पराजित गर्न नसक्ने बताउँदै भन्नुभयो, ‘व्यक्तिगत हिसावले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नु हुन्न ।’
कोइरालाले सभापतिमा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला उठ्ने चर्चा भए पनि आफूले मात्रै शेरबहादुर देउवालाई हराउने सक्ने बताउँदै आफू बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति कोही नभएको दोहोर्याउनुभयो ।
कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा हुँदैछ । आउँदो महाधिवेशनमा फेरि पनि सभापति पदमा शेरबहादुर देउवा उठ्ने चर्चा छ ।
प्रतिक्रिया राख्नुहोस्