गाईजात्रा : उहिलेदेखि अहिलेसम्म
पहिले पहिले “गाईजात्राको मौसम कहिले आउला” भनेर औँला भाँच्दै बसेकालाई केही दिन पहिलेको एउटा विज्ञापनमूलक सूचनाले हौस्याएको थियो ।
विज्ञापन थियो प्रज्ञा प्रतिष्ठानमा एक सातासम्म वर्तमान नेपालको जुनसुकै नेता, अभिनेता खलनेताको हुबहु नक्कल गर्नसक्ने सफल कलाकार मनोज गजुरेल र मुख्यतः व्यङ्ग्यगीत कविताको माध्यमबाट करोडौँ दर्शक/श्रोताको मनमस्तिष्कमा आसन जमाई बसेका शैलेन्द्र सिम्खडा लगायत कलाकारहरुले (यही भदौ १२–१३ गतेतिर कहिले हो) गाईजात्रा प्रदर्शन गर्ने सार्वजनिक जानकारी दिने ।
विज्ञापन पढेपछि धेरै बेर घोत्लिएँ । उहिले त प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय सभागृह दुवैतिर पेशेवर गाईजात्रे कलाकारहरुले कार्यक्रम राख्थे । दुवैतिर टिकट पाउन झिसमिसमैँ आँखा मिच्दै गएर ८–९ बजेसम्म लाइन बस्नुपथ्र्यो । अथवा कालोबजार गर्नेसँग खुसुक्क बढी मूल्य तिरेर किन्नु पथ्र्यो ।
बहुदलीय शासन व्यवस्था आएपछि चल्न नसकेर कलाकारहरुले जाँगर भई नभई नदेखाइरहेका थिए । तर झण्डै गणतन्त्रकालमा त हराइसकेको गाईजात्रा हेर्न जाने कि नजानेँ ? एउटा पत्रकारको नजरियाले उहिलेको गाईजात्रा र अहिले “८० सालको गाईजात्रा”बीच फरक के देखियो त ? त्यसबारे टिप्पणी गर्न मात्र पनि हेर्नुपर्ने ठानेको छु ।
उहिलेको गाईजात्रा
इतिहास पढ्दा प्रताप मल्ल– जो सन् १६४१ देखि १६७४सम्म “नेपाल” नामले चिनिने (आजको काठमाण्डौका) एक सर्वतोमुखी प्रतिभावान् राजा थिए भनि लेखिएको पढ्न पाइन्छ– ले आफूले पालैपालो राज गर्न लगाएका माइला छोरा चक्रवर्तीन्द्र मल्लले राजा भएको चौथो दिनमा नै मृत्युवरण गर्नुपरेको थियो ।
त्यही पुत्रशोकले सन्तप्त रानीको मन शान्तिका लागि “हरेक वर्ष, त्यस वर्षभित्र आफ्नो परिवारका कुनै सदस्यको मृत्यु भएमा गाईजात्रा निकाल्नू र त्यो हनुमान ढोका दरबारमा ल्याएर देखाउने गर्नू” भन्ने आफ्नो रैती प्रजामा इस्तिहार (राजाज्ञा) जारी गरेका थिए । त्यसैबेलादेखि उपत्यकामा मात्र नभई उपत्यका बाहिर गए, बसेका नेवार समुदायले पनि आफ्ना परिवारका कुनै सदस्यको मृत्यु भएको वर्ष आफ्नो गच्छे अनुसार नाचगान भजन गरेर (आफ्नो साव गास नहुनेले गाई डोहो¥याउँदै एउटा बालक सिंगारी) बजार डुलाउने चलन चलेको हो भनिन्छ ।
आफ्ना कुल पूर्खा र नेवार राजाहरुले चलाएको वा आफ्नो सांस्कृतिक परम्परा जात्रा पर्व मान्ने र सकभर मौलिक रुपलाई नै जीवन्त राख्ने, उपत्यका र समयसँगै मोफसलमा बसाई सरेका नेवार जातिले चलाई, जीवन्त राखेको प्रमुख जात्रा पर्व मध्येको एक हो, यो नेवारी भाषामा सापारु भनिने “गाईजात्रा” ।
त्यसरी पुत्रशोक पीडित रानीको मन बहलाउन व्यङ्ग्य, हास्य, नक्कल उतारेर जात्रा निकाल्ने चलन समाजका लागि मात्र नभई शासनसत्ताका सर्वोच्च नियन्ता श्री ५ र श्री ३ हरुका लागि निकै घोचक रोचक हुनुका साथै त्यस्ता हास्य व्यङ्ग्य नक्कल उताराइका माध्यमबाट आम सर्वसाधारणले अधि शासक, प्रशासकहरुका प्रति बनाएको वा उनीहरुले पारेको नकारात्मक प्रभावबारे जान्ने बुझ्ने “अच्छा खासा अवसर”को रुपमा समेत गाईजात्रा लाई लिएको देखिन्थ्यो ।
संभवतः त्यही कारणले होला– (निरंकुश राणा शासनका कालखण्ड कुरा थाहा नभए पनि आफू तत्कालीन श्री ५ महेन्द्रको सरकारको पालामा सेवामा प्रवेश गरेपछि जानेको भनौँ (२०२८ माघ १७ गते गद्दीनसीन भएका तत्कालीन श्री ५ वीरेन्द्र शाहको पालामा स्वर्गवासी बुबा महेन्द्रको स्मृतिमा(२०२९ सालको गाईजात्रा) नारायणहिटी राजदरबारबाट पनि धार्मिक भजन झाँकी सहित भव्य रुपमा निकाल्न लगाइएको थियो । त्यसपछि गैरनेवार समुदायका उपत्यका बासी (अन्य जाति) ले पनि गाईजात्रा पर्वमा झाँकी निकाल्ने रहेछन् भन्ने बुझेको थिएँ ।
यद्यपि “वि.सं १८२५ (इ.सन् १७६८) अनन्त चतुर्दशीका दिन काठमाण्डौका रैथाने राजा र रैती इन्द्रजात्राको रमाइलोमा रम्दै झुम्दै रहेको बेला, गोरखाका शाहवंशीय राजा पृथ्वीनारायण शाहले तत्कालीन राजा जयप्रकाश मल्ललाई भगाई राजागद्दीमा बसे लगत्तै, नेवार समुदायले जीवित देवीको रुपमा पुज्दै आएकी कुमारीको दर्शन गरेर रैथानेहरुको धर्म, संस्कृति, जात्रा, पर्व उत्सवको संरक्षण, संमान र परिपालन गर्ने उच्च कूटनीतिक शासनशैलीको थालनी गरेको” पढेको थिएँ । सायद त्यही वींडो धान्ने “शाहवंशीय” मान्यतालाई जीवन्त राख्नुपर्छ भनेर पनि होला स्वर्गवासी बाबुको वरखीकालमा राजा वीरेन्द्रका पालामा पनि दरबारबाट गाईजात्रा निकाल्न लगाइएको ।
त्यति मात्र होइन । आफ्नो सर्वोपरी, सकृय नेतृत्वको शासनकालका सरकारमा, भए रहेका प्रधानमन्त्री, मन्त्रीहरु, शासक, प्रशासक लगायतका पदासीन–पदनिवृत्त सार्वजनिक व्यक्तित्वहरु समेतको काम कुरा, व्यवहारलाई आम नेपालीले कुन रुपमा हेरेको मानेको छ ? त्यसलाई गाईजात्रा सप्ताहमा र पूर्ण उन्मुक्त वातावरणमा सकेसम्म शिष्ट, सभ्य, शालीन शैलीमा अभिव्यक्त गरुन् भनेर नै होला ? निर्दलीयकालका नियन्त्रिक प्रेस र पत्रपत्रिकाहरुलाई पनि स्वतन्त्र रुपमा गाईजात्रा अंक निकाल्न छुट् दिइएको थियो ।
त्यसरी सबैले उन्मुक्त अभिव्यक्तिका माध्यमबाट आम जनभावना, चाहना र वेदना प्रकट गर्ने वातावरण बनोस् भन्ने र आफूले त्यसलाई प्रोत्साहित गर्न चाहेको सन्देश प्रवाहित गर्न पनि तत्कालीन वीरेन्द्र राजाले (शुरुताका आफैँ कुलपति र पछि संरक्षक रहेको) प्रज्ञा प्रतिष्ठानलाई गाईजात्रा कार्यक्रम आयोजना गर्न लगाई आफू सपरिवार त्यस्तो (गाईजात्रा) कार्यक्रम आयोजना हेर्न जाने क्रम लामो समयसम्म जारी राखेका थिए ।
त्यही कार्यक्रममा तत्कालीन सूचना विभागको विभागीय प्रमुख (निर्देशक)को पदमा वहाँल रहेका कालीप्रसाद रिजालले “मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ” भन्ने शीर्षकको र “यादव खरेल”ले “यहाँ रामराज्यै रामराज्य छ ।” भनेर व्यङ्ग्य कविता सुनाए ।
त्यसपछि तत्कालीन बाग्मती अञ्चलाधी– जसलाई प्रेस सेन्सर शीप गर्ने अधिकार जिम्मेदारी प्राप्त थियो– ती अंचलाधीश (जो आज पनि जीवित छन्–ले आफूलाई सबैभन्दा राजा र पञ्चायत व्यवस्थाको परमभक्त देखाउन “सरकारी सेवामा भए रहेका रिजाल र खरेललाई कारवाही गरेर पञ्चायती शासन प्रशासनको खिल्ली उडाउनेलाई कारागारमा कोचेर सडाउने” सिल्ली र स्वाँठ वुद्धिले पूर्जी काटेछन् ।
त्यो कुरा दरबारले थाहा पाएपछि “गाईजात्राको कार्यक्रम मार्फत आम जनताको भावना अभिव्यक्त गर्दा र राजाबाट रुचीपूर्वक हेरी सुनिएको कार्यक्रममा प्रस्तुत विषयमा कारवाही गर्नुपर्ने कि नपर्ने ? जाहेर गरेपछि कारवाही गर्नुपर्ने भए मात्र कारवाही गर्नु, अहिले केही नगर्नू” भन्ने भएपछि उनी खिसिक्क भएर बसेछन् (ती तिनै चरम अवसरवादी र भ्रष्टाचारी थिए , जस्ले जनमत संग्रहका लागि ठूलो फण्ड जुटाउने वहानामा उसै बेला वीसौँ करोड कुम्लाई २०४६ मा बहुदल आए लगत्तै नारायणहिटीतिर पिठ्यू फर्काइ चाक्सी बारीबाट महत्वपूर्ण संवैधानिक निकाय प्रमुखको पद पाएका थिए ।
जेहोस्, माथि भनिएकै कुरालाई दोहो¥याएर भनौ । आजभन्दा झण्डै पौने चार सय वर्ष अघिका उपत्यका– काठमाण्डौका प्रतापी राजा “प्रताप मल्ल”ले शुरु गराएको गाईजात्रालाई आज काठमाण्डौका साथै पूर्वका धनकुटा, इलामदेखि पश्चिमका बन्दीपुर, पोखरा, पाल्पा, डोटी आदि ठाउँमा पुगी बसोबास गरेका नेवार समुदायले महत्वपूर्ण चाडपर्वको रुपमा आ–आफ्ना (आफन्त)को निधनमा (त्यसै वर्ष) आफ्नो गच्छे र परम्परा अनुसार गाईजात्रा देखाउने गर्दै आएका थिए ।
कालान्तरमा परिवारवादी राणा शासनकालको अन्त्य भएपछि शाह अधिवंशकामा गाईजात्राका माध्यमबाट वर्षमा एकपटक संचार (पत्रपत्रिका) र सडकमा खेल, नाटक, व्यङ्ग्य, नक्कल गराईदेखिबाट आफ्नो प्रत्यक्ष नेतृत्वको शासनकालका सरकार (केन्द्र अञ्चल तह)का अधिकारीहरुले के कस्तो रुपमा वा शैलीमा आम जनतासँग व्यवहार गरिरहेका रहेछन् भन्नेसम्मको परिदृश्य छर्लङ्ग देख्नसक्ने विश्वास थियो । त्यसैले गाईजात्रा देखाउनेलाई प्रोत्साहित गर्थे, आफै पनि हेर्न जान्थेँ ।
अहिलेको गाईजात्रा मात्र नभइ मोफसलका परम्परा वृद्धि २०४६ साल पछि पनि उपत्यका भित्रका नेवार समाज समुदायले गाईजात्रा देखाउने परम्पराको क्रमभङ् गरेका छैनन् । परम्पराको निरतालाई जीवन्त बनाइ रहेकै छन् ।
तर हिजोको ताजपोशी राजा महाराजाहरुको शासकाल रंगमञ्चमा जसरी वर्षको एकदिन (एक हप्तासम्म) राजा महाराजाहरुलाई उपत्यकावादीले गाईजात्रा देखाउने हुटहुटी हुन्थ्यो, अहिलेको वेताजी सयौ केन्द्रदेखि स्थानीय तहसम्मको ७६० सिंहवादलाई मञ्च कायम गरेर आम जनता (मतदातालाई व्यङ्ग्य गर्दै आफूलाई शासन सत्ता सुम्पिने जनतालाई आफै निर्वस्त्र भएर गाईजात्रा देखाउँदै गरेको भद्दा महागाईजात्राको क्रम गणतान्त्रिक संघीय शासनकामा वनमारा वा कोभिड १९ भन्दा डर लाग्ने गरी (आतङ्कको रुपमा) फैलिँदै छ ।
त्यसै सन्दर्भमा २०४७ बैशाखको पूर्वाद्र्धमा भर्खरै (०४६ चैत्र २६ को मध्यरातमा) बहुदलीय संसदीय प्रणाली स्थापनाको घोषणासँगै तदनुरुपको संविधान निर्माण गर्नेसम्मको जिम्मेदारी पाएको अन्तरिम मन्त्रिपरिषदमा– जुन सरकारको नेतृत्व ने.का.का संस्थापक वी.पी.कै समकक्षी एवं ने.का.का कार्यवाहक सभापति के.पी भट्टराईले गरेका थिए ।
त्यस्तो मौकामा ने.का महासचिव जी.पी. कोइरालाबाटै स्थापित बहुदलीय शासन प्रणालीको खिल्ली उडाइयो । त्यस्तो राजनीतिक नयाँ गाईजात्राको प्रथम सूत्राधार भनौँ या विदूषकको भूमिका बी.पी.का कान्छा भाईले नै निर्वाह गरेका थिए । सभापति र अन्तरिम मन्त्रिपरिषदको नेतृत्वकर्ता के.पी भट्टराईलाई अन्तर्घात गरेर उनका प्रतिपक्षी एवं ने.क.पा एमालेका महासचिव मदन भण्डारीलाई जिताउने र आफ्ना सन्तनेताको राजनीतिक हत्या गरे । सत्तासीन के.पी भट्टराईलाई भित्ता लगाई आफू बहुमत प्राप्त ने.का.को प्रधानमन्त्री बने ।
त्यस्तो सीमान्त बेइमानी र अन्तर्घात गरेको देखेका काठमाण्डौ कमिटिका काँग्रेस कार्यकर्ताहरुले आफ्नै पार्टीको नेतृत्व गर्दै प्रधानमन्त्री बनेर सिंहदरबार पसेका (प्र.मं) गिरिजाप्रसादको विशाल फोटो (पोष्टर) मा जुत्ता बोकाइ गिरिजाको फोटो लिएर सिंहदरबार अगाडि बाढी पार्टी के.का. पुगे । त्यसको नेतृत्व गर्ने व्यक्ति पनि अरु नभई २०४६ को जन आन्दोलनबाट सर्वोच्च नेता बनेका कांग्रेसी लौह पुरुषका छोरा प्रकाशमान नै देखिएका थिए ।
त्यति मात्र होइन । जी.पी. कोइराला सत्ता नियन्ता बनेको दुई वर्ष पुग्दानपुग्दै के.पी भट्टराईलाई पराजित गर्न अन्तर्घात गरी विजयी बनाइएका ने.क.पा एमालेका महासचिव मदनभण्डारीको सवारी दुर्घटना गराई रहस्यमय रुपमा, षड्यन्त्रपूर्वक हत्या गराउने षड्यन्त्रकारी महापुरुष पनि उनै प्र.म गिरिजा नै थिए भनेर सार्वजनिक संचारमा किटानी साथ भन्नसक्ने व्यक्ति अरु (विरोधी) कोही नभएर उनकै कुनै कालखण्डकै सहयोद्धा उमेश गिरी नै हुन् ।
त्यस्तो खुनी राजनीति गरेर सत्तासीन हुने स्वप्नद्रष्टा गिरिजाले नै २०५६ को आम निर्वाचन को प्रचार गर्दा “अब ने.का.को विजय भएमा के.पी नै प्रधानमन्त्री बन्नु बनाइनु हुनेछ” भन्दै रुखको साटो कृष्णप्रसाद भट्टराईको मुख हेरेर भोट दिन भनी भोट मागेका थिए ।
उनै गिरिजाले निर्वाचनमा मतदाताले रुख नहेरी कृष्णाप्रसाद भट्टराईको मुख हेरेर मत दिएको बिर्सेर ६ महिना पुग्दा नपुग्दै के.पी भट्टराईले पाएको प्रधानमन्त्री पद वलात् खोसे । दोस्रो पटक प्रधानमन्त्री बनेका भट्टराईलाई पदच्यूत गरी उनको पद खोसेपछि लगत्तै गद्दीनासीन भद्र र सरल स्वभावका राजाको मात्रै नभई उनका परिवारका सदस्यहरुको आम संहार गरियो । त्यस लगत्तै उनले “नेपालमा राजतन्त्रको अन्त्य भएको”घोषणा सिंहदरबारको डबलीबाटै गरे ।
त्यसरी गिरिजाले “प्रजातान्त्रिक शासन प्रणालीको आवरण वा जामा भिरेर शुरु गरेका हत्या, भ्रष्टाचार, नातावाददेखि राष्ट्रिय अस्तित्व अस्मिता माथि आफू र छिमेकीहरुबाट विभत्स बलात्कार गराउने राष्ट्रघाती शृङ्खलाबद्ध गाईजात्राको थालनी गर्ने” व्यक्तिमा निर्विवाद आफैंलाई स्थापित गरे । त्यो भ्रष्टाचारको शृङ्खलालाई मल जल गरेर बनामारा झैँ देशको कुनाकाप्चासम्म विस्तार गर्दै, संरक्षण र संवद्र्धन गर्ने काम इमान्दारीपूर्वक गिरिजा पथपछ्याउँदै अगाडि बढ्ने क्रमको अन्त्य हुने गर्ने संभावना देखिएन ।
हो, प्रतापी राजा प्रताप मल्ल्ले आफ्नो छोरा चक्रवतीन्द्र मल्लको मृत्युजनित शोक प्रज्वलित रानीको मनोशान्तिका लागि आफ्ना परिवारका सदस्यको मृत्यु भएमा गाईजात्रा प्रदर्शन गर्ने जुन परम्परा वसाले त्यसलाई नेवार बहुल समाज र समुदायले परम्परागत सांस्कृतिक रुपमा मान्दै मनाउँदै आएका छन् । हास्य व्यङ्ग्य, नक्कल गरी आमदर्शकलाई मनोरञ्जन दिने माध्यम पनि गाईजात्रा नै बन्दै आएको छ ।
माथि उल्लेख गरिएझैँ शाही शासनकालमा गाईजात्रा पर्वको उपयोग आफ्नो प्रत्यक्षकालका शासक प्रशासकहरुले आमजनताप्रति गरेका व्यवहार बारे जनमत बुझ्ने अच्छाखासा अवसरको रुपमा उपयोग गर्ने गरियो । त्यसैले भ्रष्टाचार अत्याचार, दमन, शोषणको स्थितिलाई आम जनताले आम सञ्चारदेखी शहरका नुक्कलड र डवलीहरु मार्फत अभिव्यक्त गराउन (गाई जात्रे कार्यक्रमलाई) त्यस बखतका प्रकाशन र अभिव्यक्ति माथि कडाई साथ लागू सेन्सरसीप अघोषित रुपमा निष्कृय पारिन्थ्यो ।
२०४६ को अन्तिममा बहुदलीय संसदीय प्रजातान्त्रिक शासन प्रणालीको शुरुआत भयो ! “जनताका लागि, जनताद्वारा, जनताले सरकार बनाएपछि” मानवाधिकारको प्रत्याभूति उन्नति प्रगति र विकासको जे जस्तो आशा, अपेक्षा र विश्वास गरेको थियो । विकृतिपूर्ण संस्कृतिको सूत्रपात गर्नेबाटो लियो । अन्तर्घात विपक्षी दलका नेताको रहस्यमय हत्यादेखी झण्डै साढे दुई सय वर्षदेखिको शाही राजवंशको वंशनाश गर्ने धुन्धुकारी जन्माउने काम नै ग¥यो ।
पौराणिक कथाको धुन्धुकारी सायद एउटा थियो, भस्मासुर दुई वटा थिएनन् । नेपालको राजनीतिको डबलीहरुमा भने सयौँ हजारौँ धुन्धुकारी जन्मेर एकसाथ नयाँ गाईजात्रा शृङ्खलाको शुरुआत गरे । गाउँवेसीतिर सुनिएको “जो वोक्सी उही धामी !” उखान चरम भ्रष्टाचारका र अनगिन्ती काण्ड रचेकाहरुलेनै चरितार्थ गरेँ ।
जनतालाई सुशासनका उपदेश र महत्वको बखान गरेर नथाक्नेहरुले अर्कोलाई भ्रष्टाचारी, दुराचारी, भन्दै विभिन्न हत्याकाण्डदेखि अर्बौँ अर्बको कमिशन, तस्करी लगायतक का सुन्दै कहाली लाग्ने काण्डका अग्रनायक उर्फ खालनायकहरुले लाखौँ आमदर्शक दीर्घाका जनतालाई “तिमीले कस्तालाई निर्वाचित गरेछौ” भन्दै उल्टै र औला ठह्याए । जनताले पनि देखेको नदेख्ने गरि रहेको, देख्नु परिरहेछ ।
सायद त्यसैले वर्तमानका सत्ता नियन्ता वेताजका श्री ५ हरु विधि विधान र शक्ति पृथक्कीकरण स्थापितका अनुसार न्यायिक निकायहरुको स्वतन्त्र अस्तित्व र निर्णयलाई समेत घोती लगाउँदै राष्ट्रपतिलाई, “मात्र बुख्याँचा” भन्दा नठान्ने भएछन् । सार्वभौम भनिए, मानिएको संसदलाई पिंजडाको पट्टू (पिट्टू) (अन्य कतिपयले बाहिरी टट्टू भन्न थालिसके पनि यहाँ भने ती शब्दावली प्रयोग नगरौं) भनाई सुन्नु परिरहेछ ।
पुन: सारसंक्षेपमा
उहिले–पहिले आम जनताले अधिशासकहरुलाई शासन सत्ताबाट भइरहेको ज्यादती देखाउने अवसरको रुपमा गाईजात्रा पर्वलाई हेर्थे । पर्खाइमा बस्थे । काठमाण्डौँका मञ्च, डबली त्यसैका पर्याय, प्रतीक (बिम्ब) थिए । तर प्रजातान्त्रिक १५ वर्षे, त्यसपछिको १० वर्षे “गणतन्त्रात्मकक लोकतान्त्रिक” र त्यसपछिको (नयाँ संविधान जारी भई स्थानीयतहसम्मनै सिंहदरबार पुगे पछिको) “संघीय लोकतान्त्रिक गणतन्त्रात्म शासन कालमा” देशको शासन सत्ता नियन्ताहरुले नै मतदाताहरुलाई आफ्ना रैती, दास प्रजा ठान्दै बाहै« महिना ३६० दिन काण्डै काण्डका प्रकाण्ड भयावह परिदृश्यपूर्ण गाईजात्रासँगै रत्यौली देखाइरहेछन् ।
त्यसबापत ३० औँ प्रकारका सेवा दै दस्तूरको नाममा कर उठाई आम जनतालाई घरबार विहीन बनाउँदै छन् । यसरी आजका बेताजका श्री ५ हरुले आफू र आफन्त, नाता कुटुम्ब मात्रै नभई हजारौ हजार कार्यकर्ताको घर दरवार बनाइरहेछन् । रेशम चौधरीलाई राष्ट्रनायक बनाएर गाईजात्रा देखाइरहेछन् । अब मनोज गजुरेलहरुले सायद रंगमञ्चमा १४ मुर्रा राँगा ल्याएर कस्तो गाईजात्रा देखाउँछन् ? त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया राख्नुहोस्