जल/वातावरण

काठमाडौँभित्र मात्रै कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुनसक्ने अनुमान

राजधानी उपत्यका अन्तर्गत काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुनसक्ने अनुमान गरिएको छ । अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ८ सयको हाराहारीमा संक्रमित भेटिएका छन् ।

सोमबार सम्पन्न उपत्यका नगरपालिका फोरमको बैठकमा सहभागी स्वास्थ्य मन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताउँदै काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुनसक्ने र त्यो घेरा तोड्न नसकेमा अवस्था भयावह हुने चेतावनी दिनुभएको हो ।

फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिंदै करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताउनुभयो ।

त्यस्तै संक्रमण उच्चगतिमा बढेपछि बैठकले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । खतरा बढेको जनाउँदै उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

उपत्यकामा कोभिड—१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ ।

कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेशन गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग थियो । स्वाथ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको स्पष्ट पार्नुभयो । विभागका डा अमित पोखरेलले तत्काल कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.