जन सरोकार

आरती मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ ।

आरती साहको हत्या

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो । समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधिलगायतसँग जानकारी लिएको छानबिनमा संलग्न रहनुभएका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

आरतीका आमाबुबासहित आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडाँैस्थित माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए । माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।

मृतकका ससुराली पक्षले आरती साहले आफैँ आत्महत्या गरेको दाबी गरेका थिए । प्रहरीले दुई जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.