क्रिकेटखेल

पाकिस्तानमा करणको चर्चा, भन्छन्- ‘क्रिकेटर कि रेस्लर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी यतिबेला पाकिस्तानी संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् ।

एसिया कप खेल्न नेपालबाट पाकिस्तान उत्रेदेखि नै संजालहरुले करण केसीको शारीरिक बनावटलाई लिएर आश्चर्य प्रकट गर्दै विश्वप्रसिद्ध रेस्लरसंग तुलना गरेका छन् ।

पाकिस्तानी र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले करणको बलिङ गतिलाई लिएर पनि उच्च तारिफ गरेका छन् । करणको शारीरिक वनावट देखेर संचारकर्मीहरुको आकर्षण बनेका करणलाई लिएर एसिया कपको सबभन्दा तगडा खेलाडी केसी हुने दावी गरिरहेका छन् ।

त्यसो त पाकिस्तानले नेपाली खेलाडीलाई उच्च प्राथमिकता दिएको छ । कराँची विमानस्थलदखि होटलसम्म भिभिआईसी सुरक्षा दिएको थियो भने अभ्यासका लागि उच्चस्तरीय मैदान दिएको छ ।

पहिलोपटक एसियाकप खेल्न लागेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा अविष्मरणीय हुने भएको छ ।

नेपालले विश्वविजेता रहिसकेका पाकिस्तान र भारतसंग खेल्ने सुनौलो अवसरलाई कुनै हालतमा सदुपयोग गर्ने लक्ष्यका साथ खेलाडीहरुले कडा मेहेनत गरिरहेका छन् ।

एसिया कपमा सबैभन्दा कान्छा खेलाडीहरुले भरिएको नेपाली टोलीको प्रशिक्षण हेर्न भारतीय संचारमाध्यम तथा सर्वसाधारणहरु पनि रंगशालामा उपस्थित भएका छन् ।

त्यस्तै नेपाललाई समर्थन गर्दै पाकिस्तानका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जय नेपाल भन्दै पुरस्कार घोषणा गर्दै अभियान चलाइरहेका छन् ।

नेपालको एसिया कपमा सहभागितालाई भारतीय संचारमाध्यमहरुले नै ब्लकबस्टर एसियाकपको संज्ञा दिएका छन् । यसको कारण नेपालले खेल्ने खेलको सबै टिकट अहिले नै विक्री हुनु हो । श्रीलंकामा हुने नेपाल र भारतबीचको हुने खेल हेर्नका लागि अहिलेसम्म ३३ हजार टिकट विक्री भैसकेको छ ।

एसिया कप खेल तालिका अनुसार नेपालले पहिलो खेल यही अगस्ट ३० मा पाकिस्तानसँग खेल्नेछ। यस्तै नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ। भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ।

एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’ मा रहेको छ। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.