खेलफूटबल

गोलकिपर शेख नायक बनेको खेलमा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

गोलकिपर जियारथ शेख नायक बनेको खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल साफ यू-२० को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको हो ।

नेपाल फाइनलमा

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टीमा नेपालको लागि चारै खेलाडीले गोल गर्दा भुटानको दुई प्रहार नेपालका गोलकिपर शेखले रोकेका थिए ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५६औं मिनेटमा भुटानका लागि जेत्सुएन दोर्जीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ७७ औं मिनेटमा नेपालका लागि निराजन धामीले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै खेलको ७७ औं मिनेटमा भुटानी खेलाडी किंग्जन तेन्जाङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.