जापान

यात्रु घट्न थालेपछि जापानको रेलसेवाको जनशक्तिमा भारी कटौती

जापानका रेव्ले कम्पनीहरुले यात्रुसंख्या घट्दै गएपछि मानवरहित स्टेशनहरु सञ्चालनमा वृद्धि गरिरहेका छन् । यात्रुको संख्या घट्न थालेपछि रेल्वे सेवामा पनि कटौती भएको छ ।

जापानमा घट्दो जन्मदर र ग्रामीण क्षेत्रमा मानिसको संख्या कम हुँदै गएको छ भने ठूला सहरहरुमा बसाई सराई व्यापक हुन थालेपछि रेलसेवा प्रयोगकर्ता यात्रुहरु पनि हरेक वर्ष उल्लेख्य मात्रामा घट्दै गएका छन्।

यात्रुको संख्या घट्दै गएपछि संचालनमा रहेका रेल स्टेशनहरुमध्ये ६० प्रतिशतको हाराहारीमा कर्मचारीरहित रुपमा संचालन गरिएको हो ।

समाचार अनुसार जापानभरका ४ हजार ३ सय ६८ रेल स्टेशनहरुमा केबल ६ वटा रेलसेवा प्रदायकहरुको सेवा संचालनमा छन् रप्रमुख ६ ठूला रेलवे कम्पनीहरुले झण्डै ६० प्रतिशत स्टेशनहरुलाई मानव रहित सेवा संचालन गरिरहेका छन् ।

यसो गर्दा रेल सेवा कम्पनीहरुको कर्मचारी खर्च कटौती भएका छन् । कर्मचारी नहुँदा प्राकृतिक प्रकोपहरुको समयमा सही सुचनाहरु प्राप्त नहुँदा यात्रुहरु मर्कामा पर्ने गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.