जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीबाटै भयो : डा. कोइराला
नेपालमा जातीइ द्वन्द्व सिर्जनाको भय मडारिएको छ । अहिले धरानमा भैरहेको गतिविधिले देखाएको छ । पहिचान र अधिकारका नाममा कानुनले निषेध गरेको काम गर्ने र त्यसको प्रतिकार गर्ने गतिविधिले यस्तै संकेत गरेको छ ।
धरानमा जे भयो यसको मूख्य कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप सत्ता गठबन्धनका शीर्षस्थ नेताले लगाउनुभएको छ । धरान घटना हुनु केही समयअघि प्रधानमन्त्रीको अभिव्यक्ति त्यस्तै किसिमको थियो ।
आदिवासी जनजाति दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले २०८४ को निर्वाचनमा माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने घोषणा गर्नुभएको थियो ।
यसलाई लिएर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।
शनिबार विराटनगरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उहाँले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउने खालको अभिव्यक्ति दिएको बताउनुभएको हो ।
अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक सद्भाव लडखडाएको छ भन्दै धरानमा भएको घटनाले मुलुकभर असर गर्ने बताउनुभयो ।
डा. कोइरालाले ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न नसकिन भन्दै संविधानमा लेखिएका कुराभन्दा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहीं कतैबाट हुनुहुँदैन ।
प्रतिक्रिया राख्नुहोस्