एन आर एन न्युजजापान

भूकम्प पीडित बालबालिकाको सहयोगार्थ एनआरएनए जापानको सहयोग

गैरआवासीय नेपाली संघ जापानले गत वर्ष जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग गर्न २३ लाख येन हस्तान्तरण गरेको छ ।

गत शनिबार जापानको राजधानी टोकियोमा आयोजित एक समारोहमा ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’का लागि संकलित सो रकम हस्तान्तरण गरिएको हो।

एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत रकम हस्तान्तरण गरिएको रकम संकलन अभियानका संयोजक सुवास लामिछानेले जानकारी दिनुभयो ।

एनआरएनए आइसीसीसँगको परामर्शमा मुख्य गरेर भूकम्पमा परी आमाबुवाको मुत्यु भएका, भूकम्पमा परी बुवाको मृत्यु भएका, भूकम्पमा परी आमाको मृत्यु भएका बालबालिका मध्यबाट स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा केही बालबालिकालाई आधारभूतदेखि एसइइसम्म शैक्षिक रूपमा सहयोग गर्न उक्त कोष सञ्चालन गरिने संयोजक लामिछानेले जानकारी दिनुभयो ।

अभियानबाट संकलित रकमलाई एनआरएनए आइसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत उक्त शैक्षिक कार्यमा सहयोग गरिने एनआरएनए जापानको सोच र योजना रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचनले एनआरएनएले सामाजिक उत्तरदायित्वका क्रियाकलाहरूमा गर्दै आइरहेको र एनआरएनए जापानले शिक्षा क्षेत्रमा गरेको यो कार्यले नेपाली समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा बोल्दै एनआरएनए एसिया क्षेत्रीय समन्वय समितिका उप संयोजक दिपक कँडेलले एनआरएनए नेपालीलाई दुखेको ठाउँमा उपस्थित हुने मान्यता अनुरूप एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा रकम हस्तान्तरित गर्दै कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले उद्देश्य अनुरूप कोष स्थापना र सञ्चालन गर्न आफूहरुले आवश्यक पहल र समन्वय गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.