जापान

जापानमा शक्तिशाली आँधी आउने चेतावनी

यो हप्ताको अन्त्य सम्ममा जापानमा भारी वर्षासँगै शक्तिशाली आँधी आउनसक्ने चेतावनी जारी गरिएको छ ।

चक्रवात

मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ शक्तिशाली आँधी अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ ।

यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.