जापान

शानशान आँधी अमामी क्षेत्रमा आउने सम्भावना, शतर्क रहन आग्रह

शक्तिशाली आँधी शानशान बुधबारसम्म दक्षिणी जापानको अमामी क्षेत्रमा पुग्ने र यस क्षेत्रमा तीव्र हावा चल्ने सम्भावनाा रहेकाले शतर्क रहन आग्रह गरिएको छ ।

शानशान आँधी

मौसम अधिकारीहरुले हावाहुरी, भारी वर्षासंगै पहिरो जाने सम्भावना रहेकाले यसबाट बच्न शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मङ्गलबार बिहान १० बजेसम्म, शानशान बिस्तारै पश्चिम-उत्तरपश्चिममा १ सय २० किलोमिटर पूर्व, कागोशिमा प्रान्तको अमामी शहरमा सर्दै आएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

शानशानको केन्द्रीय वायुमण्डलीय चाप ९ सय ५० हेक्टोपास्कल छ। यसको केन्द्र नजिकै अधिकतम १ सय ६२ किलोमिटर प्रतिघण्टाको हावा चलेको छ भने हावाको गति २ सय १६ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ ।

यो आँधी पश्चिम हुँदै उत्तरतर्फ सर्ने र अगाडि बढ्दै जाँदा शक्तिशाली हुने अनुमान गरिएको छ । आँधी मंगलबारदेखि बुधबारसम्म अमामी क्षेत्रको नजिक आउन सक्छ र यसको तीव्रता स्तर उच्च हुनसक्ने मौसन अधिकारीहरुले बताएका छन् ।

मौसमविद्हरूले बुधबार पश्चिमी जापानमा डरलाग्दोसंग हावा चल्ने र बिहीबारसम्म अमामी र प्यासिफिक तटीय क्षेत्रहरूमा भीषण वर्षा हुने अनुमान गरेका छन् ।

मंगलबार बिहानैबाट आइची, गिफु, मिई र शिजुओका प्रान्तहरूमा कालो बादल मडारिएको छ । जसका कारण विपद्को जोखिम तीव्र रुपमा बढ्न सक्ने बताइएको छ ।

मंगलबारदेखि बुधबार बिहानसम्मको अवधिमा अमामीमा ३०० मिलिमिटर, टोकाइ क्षेत्र र दक्षिणी क्युसुमा २ सय मिलिमिटर र उत्तरी क्युसु र शिकोकु र किन्की क्षेत्रमा १०० मिलिमिटर वर्षा हुने सम्भावना छ ।

आँधी अमामी र पश्चिमी जापानको किनारमा बग्ने भएकाले त्यहाँ रहेका समुद्रहरू पनि अत्यन्तै प्रभावित हुने आशंका गरिएको छ। माथिल्लो भेगमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउनसक्ने भएकाले शतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.