जापान

जापानमा पहिरोमा परी एकै परिवारका चार जना बेपत्ता

जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

जापानमा आँधीपछि गएको पहिरोमा परी एउटै परिवारका चार जना बेपत्ता

शानशान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएकोे थियो ।

अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको बेपत्ता भएका हुन् ।

एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले बताउनुभयो ।

मौसम पूर्वानुमानसम्बन्धी निकायले बुधबार अमामीसहित कागोसिमा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गर्न सक्ने एजेन्सीका एक अधिकारीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

चक्रवातका कारण जापानमा एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेका छन् भने यस हप्ता बुलेट ट्रेन सञ्चालन स्थगित हुनसक्ने बताइएको छ । अधिकारीहरूले शानशान चक्रवात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान गरिएको थियो ।

यस क्षेत्रमा टाइफुन तटरेखाको नजिक बनिरहेकाले जलवायु परिवर्तनका कारण भूमिमा लामो समयसम्म टिक्ने गरेको गत महिना जारी गरिएको एक अध्ययनले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.