जापान

शानशान आँधी कागोसिमामा अवतरण, शतर्क रहन आग्रह

जापानमा आएको शक्तिशाली आँधी शानशानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार जनाएको छ ।

शानशान आँधी

यस वर्षको १० औँ आँधी, शानशानलाई ‘धेरै शक्तिशाली’ आँधीका रूपमा वर्गीकृत गरिएको छ । जापान मौसम विज्ञान निकायले लगभग १५ किलोमिटर प्रति घण्टाको गतिमा सत्सुमासेन्डाई सहर नजिकै उत्तरतर्फ अघि बढिरहेको छ ।

चक्रवात स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेसम्म उत्तरमा ३१.५५ डिग्री उत्तरी अक्षांश र १३०.०५ डिग्री पूर्वी देशान्तरमा सरेको र यसको गति १५ किलोमिटर प्रति घण्टा रहेको छ ।

हावाको गति र प्रभावित क्षेत्रहरूबारेको पूर्वानुमान धेरै हदसम्म अपरिवर्तित रहेको जेएमएले जानकारी गराएको छ ।

दक्षिणी क्युसुमा यस अघि नै अत्यधिक बर्षा भएको छ जेएमएले कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी गरेको छ ।

बासिन्दाहरूलाई पछिल्लो चक्रवातबारे जानकारीलाई अद्यावधिक गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.